खाद्य स्वच्छता तथा गुणस्तर अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

खाद्य स्वच्छता तथा गुणस्तर अभियान सुरु

काठमाडौं, ११ असोज । सरकारले ‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान’ सुरु गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सो अभियानको शुभारम्भ गरेका हुन् ।

दूध, खानेपानी र खाने तेल लगायतका बस्तुहरुको स्वच्छता र गुणस्तरबारे व्यापक जनचेतना फैल्याउने उद्देश्यका साथ सुरु गरिएको सो अभियानमा साथ दिन स्थानीय र प्रदेश सरकारलाई पनि मन्त्री खनालले आग्रह गरे ।

उनले भर्खरै बनाइएको दुधसँग सम्बन्धित निर्देशिका लागू गराउन पनि मातहतका निकायलाई सचेत गराए । मन्त्री खनालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

नेपालमा खाद्य स्वच्छताको अवस्था नराम्रो भएपछि सरकारले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि अभियान संचालन गर्नु परेको उनले बताए ।

कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले खाद्य बस्तुमा मिसावट हुन नदिन स्थानीय र प्रदेश सरकारलाई पनि व्यापक अभियान संचालन गर्न आग्रह गरे । उनँले दसैंको मुखमा खाद्य बस्तुमा मिसावट हुन नदिन सरकारले खाद्य स्वच्छता तथा गुणस्तर अभियान सूरु गर्नु परेको उल्लेख गरे ।

कार्यक्रममा प्रदेशहरुको भूमिसम्बन्धि मन्त्री तथा सोसँग सम्बन्धित मन्त्रालयका सचिवहरुको पनि सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);