परिवर्तनलाई आत्मासात नगर्ने कर्मचारी बर्खास्त गर्ने मन्त्री पण्डितको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

परिवर्तनलाई आत्मासात नगर्ने कर्मचारी बर्खास्त गर्ने मन्त्री पण्डितको चेतावनी

lalbabu pandit

काठमाडौं, ११ असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले परिवर्तनलाई आत्मासात नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । प्रतिष्ठानको ३६ औं वार्षिकोत्सव समारोहलाई बिहिबार सम्बोधन गर्दै मन्त्री पण्डितले आफ्नो क्षमतालाई राष्ट्र र जनताको हितमा उपयोग गर्न पनि कर्मचारीहरुलाई आग्रह गरे ।

मन्त्री पण्डितले कर्मचारीहरुको क्षमता बढाउने काममा केन्द्रित हुन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिए । उनले इमान्दार भएर कार्य क्षेत्रमा खटिन पनि सबै कर्मचारीहरुलाई सचेत गराए ।

मन्त्री पण्डितले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्न नसकेको भन्दै मन्त्री पण्डितले कर्मचारीहरुप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);