तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई कार्बाही : मन्त्री लालबाबु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई कार्बाही : मन्त्री लालबाबु

काठमाडौं, ५ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई कार्बाही गर्ने चेतावनी दिएका छन् । तोकिएको कार्यक्षत्रमा नजाने कर्मचारीको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिँदै मन्त्री पण्डितले कार्य क्षेत्रमा नजाने कर्मचारीहरुले लिँदै आएको सुविधा पनि खोस्ने चेतावनी दिए ।

मन्त्री पण्डितले जनताको सेवामा समर्पित भएर कर्मचारीहरुले काम गर्ने वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले निजामति कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारी संगठनका गतिविधिलाई निषेध गर्ने घोषणा गरे । उनले कर्मचारी संगठनहरुको दवावमा कुनै पनि गतिविधि आफूले नगर्ने स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);