काठमाडौं ।
पोखरा महानगरपालिका-८ न्युरोड क्षेत्रमा चल्ने सवारी साधनमा आकस्मिक रुपमा प्रदुषण परीक्षण गरिएको छ । आईतवार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले प्रदुषण परीक्षण गरेको हो । परिक्षणको क्रममा अधिकांश सवारी साधान प्रदुषण परीक्षणमा फेल भएका छन् । टोलीले प्रदुषण मापन गर्ने उपकरणसहित सडकमै सवारीसाधनको परीक्षण गरेको थियो । ४० वटा सवारीसाधनमध्ये २२ वटाले तोकिएको मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गरेको भेटिएको हो । पोखरा नगरक्षेत्रमा सञ्चालन हुने सिटी बससहित डिजेल इन्जिनबाट चल्ने अन्य सवारीसाधनको परीक्षण गरिएको थियो ।
सो क्रममा आधाभन्दा बढी सवारीसाधनले स्वीकृत मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गरेको भेटिएपछि सबै सवारीलाई आवश्यक कानुनी कारबाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र तोकिएको प्रदूषण मापदण्डको पालना गर्न चालक तथा व्यवसायीलाई निर्देशन समेत दिएको छ ।




