धुँवा फ्याक्ने सवारीलाई कारवाही खै ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धुँवा फ्याक्ने सवारीलाई कारवाही खै ?

pollution by vehicle

काठमाडौं, २३ भदौ । सवारी साधनले अत्याधिक रुपमा धुवाँ फ्याक्ने क्रम बढेपछि धुवां नियन्त्रण गर्न यातायात व्यवस्था विभागले भदौ १ गतेबाट नयाँ निमय लागू गरेपनि नियम प्रभावकारी बन्न सकेको छैन् ।

सरकारले लागू गरेको नियमको धज्जी उडाउदै काठमाडौ उपत्यकामा अहिले पनि निर्वाध रुपमा धुवाँ फयाक्दै सवारी साधन गुडने गरेका छन् । सरकारले भदौ १ गतेबाट ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका भित्र सञ्चालन हुने सवारी साधनका लागि नयाँ स्ट्रिकर लागू गरेको छ । तर सवारी साधनले नयाँ स्ट्रिकर बिना नै चल्ने गरेका छन् ।

यातायात व्यवस्था विभागले अत्याधिक रुपमा धुवाँ र प्रदुषण नियन्त्रण गर्नका लागि सबै कार्यालयमा धुँवा परीक्षण गर्ने मेसिन राखेको छ । काठमाडौंमा अहिले पनि धुवाँ फ्याने सवारी साधनको संख्यामा कमी आउन सकेको छैन् ।

यातायात व्यवस्था विभागले अत्याधिक रुपमा धुवाँ फ्याक्ने सवारी साधनलाई कारवाहीका लागि ट्राफिक प्रहरी महाशाखालाई पत्राचार पनि गरिसकेको बताएको छ ।

विभागले यस अघि गोलो आकारको हरियो स्ट्रिक प्रयोगमा ल्याएको थियो । तर यस पटक धुवाँ प्रदुषण नियन्त्रण गर्न चारकुने आकारको हरियो स्ट्रिकर प्रयोगमा ल्याएको छ । भदौ १ गतेबाट अनिवार्य रुपमा चार कुने हरियो स्ट्रिकर प्रयोग गुर्नपर्ने नियम लागू गरेपनि अधिकाशं सवारी साधनले उक्त नियम पालना गरेका छैनन् ।

यो खबर आजको नेपाल समाचारपत्र मा प्रकाशित छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);