विषाक्त धुवाँ फाल्ने सवारीको ‘अखडा’ भयो काठमाडौं | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विषाक्त धुवाँ फाल्ने सवारीको ‘अखडा’ भयो काठमाडौं

ktm city

काठमाडौं ,१३ पुस। राजधानी उपत्यकामा वायु प्रदुषण दिनानुदिन बढिरहेको छ । हिउँद लागेपछि त मास्क लगाएर हिँड्दा पनि प्रदुषित हावाले स्वास्थ्य प्रभावित गर्ने अवस्था छ । वायुप्रदुषणको प्रमुख कारण मानिन्छ, सवारी साधनबाट निस्कने विषाक्त धुवाँलाई ।

यसलाई नियन्त्रण गर्ने मापदण्ड लागू गराउन सरकारले उदासिनता देखाउँदा अवस्था विकराल बन्दै गएको छ ।

सडकमा आकस्मिक अनुगमन गर्दा अढाइ महिनाबीचमै साढे १६ सय प्रदुषण मापदण्ड फेल भएका गाडी गुडिरहेकै छन् ।

वातावरण मन्त्रालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभागका अधिकारी सम्मिलित टोलीले समय(समयमा सडकमै उत्रिएर सवारीहरुको प्रदुषण जाँच गरिरहेको छ ।

मेसिनसहित सडकमै गएर जाँच गर्दा अधिकांश सवारीले बेलैमा इन्जिन मर्मत नगर्ने गरेको भेटिएको छ । सोही कारण सवारीले अत्यधिक विषालु धुवाँ फाल्ने गरेको महानगर ट्राफिक प्रहरी महाशाखाका डीएसपी मधुसुदन सिलवाल बताउँछन् ।

‘सरकारसँग प्रदुषण जाँच गर्ने एउटा मात्रै मेसिन छ, त्यसैले छड्के अनुगमन प्रभावकारी रुपमा लैजान पनि समस्या भएको छ। डीएसपी सिलवाल भन्छन् ।

कात्तिक पहिलो सातादेखि प्रदुषण जाँच अभियानको प्रतिवेदनबाट काठमाडौंमा प्रदुषण मौलाउनुको प्रमुख कारण दुषित धुवाँ फाल्ने सवारी रहेको पुष्टी भएको छ । आकस्मिक जाँच गरिएका अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल हुने गरेका छन् ।

सडकको दूरावस्थाका कारण उडेको धुलोलाई प्रमुख कारण भनिए पनि वर्षाकै समयमा पनि वायु प्रदुषणको दर उच्च देखिन्छ । त्यसैले सवारी साधनले फाल्ने अत्यधिक प्रदुषित धुवाँ मानव स्वास्थ्यका लागि जोखिमयुक्त पाइएकाले नियन्त्रण आवश्यक भएको ट्राफिक प्रहरीको भनाइ छ ।

अढाइ महिनाबीचमा जाँच गरिएका एक हजार तीन वटा सवारी साधन प्रदुषण मापदण्डविपरीत सञ्चालन भइरहेको भेटिएको डीएसपी सिलवालले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);