आजदेखि प्रदुुषण जाँच नगरेका सवारीसाधनलाई १ लाख जरिवाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आजदेखि प्रदुुषण जाँच नगरेका सवारीसाधनलाई १ लाख जरिवाना

काठमाडौं, १ पुस । आजदेखि प्रदुषण जाँच नगरी तोकिएको मापदण्ड पुरा नगरी चलाइएका सवारीसाधनलाई जरिबाना लाग्ने भएको छ ।

वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि लागु हुनेगरी प्रदुुषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका गाडीहरुलाई एक लाख रुपैयाँ जरिवाना तिराउने भएको हो ।

वायु प्रदुुषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुला रुपमा जलाउने फोहोर रहेको भन्दै केही दिनअघि एक सूचना जारी गर्दै तोकिएको मापदण्डअनुसार सञ्चालन गर्न आग्रह गर्दै नगरे जरिवाना तिराउने चेतावनी दिएको थिए ।

आजदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाइएको छ । कैफियत भेटिएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ उपदफा २ अनुसार जरिवाना हुने भएको छ ।

त्यस्तै, विभागले हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदुषण जाँचमा अनुत्तिर्ण हुने गाडीलाई जरिवाना गर्ने भएको छ ।

प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले छड्के जाँच गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);