डोटीमा जारी निशेधाज्ञाको समय तेस्रो पटक थपियो, जेठ २२ गतेसम्म लागु हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

डोटीमा जारी निशेधाज्ञाको समय तेस्रो पटक थपियो, जेठ २२ गतेसम्म लागु हुने

डोटी । डोटी जिल्लामा तेस्रो पटक निशेधाज्ञाको समय थप गरिएको छ । बैशाख २१ गते राति १२ बजे देखी लागु भएको निशेधाज्ञा जेठ २२ गते राति १२ बजे सम्म जारि रहने भएको छ । जिल्लामा कोरोना सक्रीय संक्रमितको संख्या दिनानुदिन बढीरहेकाले निशेधाज्ञा थप गर्ने निर्णय गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिएको छ ।

कसैले अध्यादेश बमोजिम कुनै काम गर्न बाधा गरेमा एक वर्ष कैद वा पाँच लाख रुपैयाँ जरिवाना, मापदण्डको पालना नगरेमा ६ महिना सम्म कैद वा तिन लाख रुपैयाँ सम्म जरिवाना र कुनै व्यक्तिले अध्यादेश बमोजिम दिईएको आदेशको पालना नगरेमा एक लाख सम्म र संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयाँ सम्म जरिवाना हुन सक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

त्यस्तै मास्क नलगाई सार्वजनिक स्थलमा आवतजाओत गरेमा पटकै पिच्छे एक सय रुपैयाँ, मानिसको आवतजाओतमा रोक लगाईएको ठाउँमा गएमा पटकै पिच्छे दुई सय रुपैयाँ, पास बिना सवारी साधन सञ्चालन गरेमा दुई पाङ्ग्रे गाडीलाई पटकै पिच्छे दुई हजार रुपँया र अन्य सवारीसाधनलाई पटकै पिच्छे पाँच हजार रुपैयाँ जरिवान तिराईने जनाईएको छ ।

बैशाख २१ गते राति १२ बजे देखी लागु भएको निशेधाज्ञाको समय जेठ १५ गते राति १२ बजे सकिदै छ ।

Leave a Reply

ताजा समाचार