कोरोनाकालमा जटिबुटी र योगमा आकर्षण बढ्दो, जडिबुटीको अत्याधिक उपयोग नगर्न विज्ञको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोनाकालमा जटिबुटी र योगमा आकर्षण बढ्दो, जडिबुटीको अत्याधिक उपयोग नगर्न विज्ञको सुझाव

काठमाडाैं । कोरोना संक्रमणदर बढ्दै जाँदा ठुलो समुह कोरोनाबाट मुक्त पनि हुँदै गएको छ। अझ कोरोना संक्रमणका बेला छुट्टै आइसोलेसनमा बसेर आयुर्वेद तथा योग अभ्यास अपनाउनेहरुको संख्या बढ्दो क्रममा देखिन्छ।

पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर बढ्दै गएपछि कोरोना संक्रमित तथा आम सर्वसाधारण स्वस्फुर्त रुपमा सजग भएको देखिन्छ। लकडाउनमा घरमै सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट अध्ययन गरेर घरेलु औषधीको प्रयोग गर्ने क्रम ह्वात्तै बढेको देखिन्छ। अझ विभिन्न देशमा सरकारले नै कोरोनाबाट बच्न जडिबुटीको प्रयोग गर्न सुझाएपछि यसप्रति विश्वास प्रगाढ भएको देखिन्छ।

कोरोना संक्रमणकाबीच यसको अनुशरण गरेर स्वास्थ लाभ प्राप्त भएको शिक्षक समेत रहेका कोरोना संक्रमित चिराग ढुंगानाको भनाई छ। यस्तै कोरोनाबाट बच्न बिभिन्न जडिबुडीहरु मिलाएर घरमै काढा बनाएर खाने प्रचलन छ । यसरी घरमै बनाएर खाएको काढा कत्तिको प्रभावकारी हुन्छ त? आयुर्वेदविज्ञ नवरत्न संग्रौलाको सुझाव यस्तो छ।

बिहान बेलुकी चियाको साटो आयुर्वेदिक जटिबुटिको चिया खानुपर्ने विज्ञहरुको सुझाव छ। यसैगरी प्रतिरोधी क्षमता बढाउन योगाशन प्रणायामलाई नियमित अपनाउने सुझाव दिनुहुन्छ योग तथा आयुर्वेदका जानकार तुलसीराम भण्डारी । योगाशन र जडिबुटीको प्रयोगले प्रतिरोधी क्षमता बढाएर कोरोना संंक्रमितहरु सुधारोन्मुख भएकाले यसप्रति अधिक विश्वास बढेको देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);