इटालीका ६ करोड नागरिकलाई घरमै बस्न सरकारको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

इटालीका ६ करोड नागरिकलाई घरमै बस्न सरकारको निर्देशन

italy lockdown

एजेन्सी, २७ फागुन । इटालीमा कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले त्यहाका सबै ६ करोड नागरिकलाई घरमै बस्न निर्देशन दिएको छ । इटलीमा कोरोनाभाइरसबाट मृत्युहुनेको संख्या ४सय ६३ पुगेकोे देशभरि आपत्कालीन उपायहरू विस्तार गर्दै सरकारले सबै देशबासीलाई घरमै बस्न निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन निर्देशन दिएका छन् । सरकारी प्रतिबन्धलाई प्रधानमन्त्री कोन्टेले ’म घरभित्रै बस्छु’ भन्ने अभियानको रूपमा प्रस्तुत गरेका छन् । इटली देशभर कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

यसैबीच चीनका राष्ट्रपति सि जिनपिङले मंगलबार कोरोनाको उद्गम स्थल चीनको वुहान शहरको भ्रमण गर्नु भएको छ । वुहानमा कोरोना संक्रमण केहि नियन्त्रणमा आएपछि राष्ट्रपति सिले शहरको भ्रमण गर्नु भएको हो । अहिलेसम्म कोरोना भाइरसबाट मृत्युहुनेको ४ हजार २५ पुगेको छ ।

चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको छ । विश्वका १ सय १३ वटा मुलुकमा संक्रमित १ लाख १४ हजार २ सय ९९ मध्ये ६३ हजार ९ सय ९० जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाबाट इरानमा २ सय ३७ जनाको मृत्यु भएको छ । ७ हजार १ सय ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरसबाट दक्षिण कोरियामा ५३ , फ्रान्स र स्पेनमा ३०–३० तथा अमेरिकामा २६ जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);