कोरोनाको त्रास : इटालीका डेढ करोड नागरिक क्वारेन्टाइनमा | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

कोरोनाको त्रास : इटालीका डेढ करोड नागरिक क्वारेन्टाइनमा

italy quarantine

एजेन्सी, २५ फागुन । इटालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिएको छ ।

इटालीको लोम्बार्डी र उत्तर पूर्वी क्षेत्रका १४ राज्यमा गरी यति ठूलो संख्यामा मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको हो । अनिवार्य क्वारेन्टाइन मार्च ८ देखि अप्रिल महिनाको शुरुसम्म रहनेछ ।

कोरोना संक्रमितको संख्या नाटकीय रुपमा बढेपछि इटालीका प्रधानमन्त्री जिओसेप कोन्टेले बिद्यालय, नाइट क्लब, जिमखाना, स्वीमिङ पुल, संग्राहलय र स्की रिसोर्ट बन्द गर्ने घोषणा गरेका छन् । मानिसहरुलाई सकेसम्म घरभित्र बस्न भनिएको छ भने क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई तीन महिनाको जेल सजायँको समेत व्यवस्था गरिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन ।

इटालीका नागरिकलाई देश बाहिर जानुपरे अनिवार्य रुपमा सरकारसंग स्वीकृति लिनुपर्नेछ । इटालीले कोरोना प्रकोपविरुद्ध लड्न अवकाश प्राप्त चिकित्सकहरुलाई समेत काममा फर्कन आग्रह गरेको छ ।

इटाली यूरोपमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ३० नाघेको छ । त्यसैगरी संक्रमितको संख्या ५ हजार ८सय ८३ पुगेको छ ।

चीनको हुबेई प्रान्तको वुहान उद्गम भएर फैलिएको कोरोना भाइरसबाट बिश्वभर अहीलेसम्म ३५ सय जनाको मृत्यु भएको छ । विश्वका ९७ देशमा यसको संक्रमण फैलिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);