कोरोनाको कारण इटालीमा एकैदिन १३३ को मृत्यु, सेना प्रमुख समेत संक्रमणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोनाको कारण इटालीमा एकैदिन १३३ को मृत्यु, सेना प्रमुख समेत संक्रमणमा

एजेन्सी, २६ फागुन । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन १ सय ३३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ६६ पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित सेनाप्रमुख फारिनाले आफू ठीक रहेको र स्व–क्वारेन्टाइनमा रहेको बताएका छन् ।

संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ । इटालीले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा कडाइ गरेको छ ।

विशेष अवस्थामा बाहेक बिना अनुमति घरबाहिर ननिस्कन भनेको छ । प्रधानमन्त्री जुजेपे कोन्टेले कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै देशभरका स्कूल, कलेज, जिमखाना, म्यूजियम, नाइट क्लब लगायतका सार्वजनिक स्थलहरू बन्द गर्ने घोषणा गरिसकेका छन् ।

कोरोना भाइरसबाट विश्वमा १ लाख १० हजार जना संक्रमित भएका छन् भने ३८ सय जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट चीनले सबैभन्दा ठूलो क्षति बेहोरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);