चीनमा पाँच हप्तापछि १०८ जना नयाँ कोरोना संक्रमित फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चीनमा पाँच हप्तापछि १०८ जना नयाँ कोरोना संक्रमित फेला

corona virous

एजेन्सी, १ वैशाख । चीनमा पाँच साता भन्दा लामो समयपछि पहिलो पटक कोरोनाभाइरसका १ सय ८ नयाँ संक्रमित फेला परेका छन् । चीनमा पाँच साताभन्दा लामो समयपछिको यो सबै भन्दा उच्च संख्या हो ।

संक्रमित मध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ । कोरोना भाइरसको पहिलो पटक संक्रमण देखिएको हुबेई प्रान्तमा नयाँ संक्रमितको संख्या भने निकै कम रहेको जनाइएको छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा पछिल्लो समय संक्रमण नियन्त्रणउन्मुख भएको बताइएको थियो । संक्रमण लगभग नियन्त्रण भएको भन्दै चीनले इपिसेन्टर वुहानबाट समेत लकडाउन हटाएको थियो । सोमबारसम्म चीनमा कोरोना संक्रमणबाट ३ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमबाट सबैभन्दा बढी अमेरिकामा २२ हजार भन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५ लाख ५६ हजारभन्दा बढी पुगेको छ भने करिब ४३ हजार निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी इटालीमा १९ हजार ८ सय ९९ को मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या एक लाख ५६ हजार नाघेको छ । त्यस्तै अर्को युरोपेली मुलुक स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ हजार कटेको छ । फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ५सय पुगेको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले पुरै विश्वलाई आक्रान्त बनाएको छ। विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ । त्यस्तै १८ लाख ४८ हजार संक्रमित हुँदा ४ लाख ३१ हजार निको भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);