कोरोना भाइरसको कारण इटालीमा पनि एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोना भाइरसको कारण इटालीमा पनि एकको मृत्यु

corona 2000 dead

एजेन्सी , १० फागुन । युरोपेली मुलुक इटालीमा कोरोना भाइरसका कारण शुक्रबार एक जनाको मृत्यु भएको छ । इटालीयन टेलिभिजन आरएआईका अनुसार उत्तरी भेनेतो क्षेत्रका ७८ वर्षीय वृद्धको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

इटालीमा कोरोना भाइरसको कारण मृत्यु भएको यो पहिलो घटना हो । चीनबाट फर्केका ३८ वर्षीय इटालियन युवामा पहिलो पटक जनवरी २१ मा कोरोना भाइरसको संक्रमण देखिएको थियो । शनिबार बिहानसम्म इटालीमा २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा कोरोना भाइरसको संक्रमण बिस्तारै कम हुँदै गएको जनाएको छ । शनिबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण दुई हजार तीन सय ४५ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा संक्रमितको संख्या ७६ हजार २ सय ८८ पुगेको छ ।

चीनबाहिर इरानमा ४, जापानमा ३, दक्षिण कोरिया र हङकङमा २–२, ताइवान, इटाली, फ्रान्स र फिलिपिन्समा एक–एक जना गरी १५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण विश्वभर दुई हजार तीन सय ६० जनाको मृत्यु भएको छ भने ७७ हजार ७ सय ६७ जना संक्रमित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);