एजेन्सी, २१ माघ । हङकङमा कोरोना भाइरसबाट मंगलबार एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण चीनबाहिर मृत्यु भएको यो दोस्रो घटना हो ।
यसअघि आइतबार फिलिपिन्समा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो । कोरोना भाइरसले जोखिम बढाएको भन्दै चीनसँगको सीमा बन्द गर्न माग गर्दै हङकङका स्वास्थ्यकर्मी प्रदर्शनमा उत्रिएका छन् । हङकङमा कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको बारेमा विस्तृत जानकारी भने दिइएको छैन ।
अहीलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ। जसमध्ये ४सय २५ को मृत्यु चीनमै भएको छ । चीनमा मंगलबार बिहानसम्म २० हजार ४ सय ३८ जनामा यसको संक्रमण देखिएको छ।
विश्वका विभिन्न मुलुकमा कम्तीमा १सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भइसकेको छ ।




