चीनमा कोरोना भाइरसबाट ४२५ को मृत्यु, २० हजारभन्दा बढी संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चीनमा कोरोना भाइरसबाट ४२५ को मृत्यु, २० हजारभन्दा बढी संक्रमित

corona virous

एजेन्सी, २२ माघ । हङकङमा कोरोना भाइरसबाट एक जनानको मृत्यु भएसँगै चीनमा मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो समय ६४ जनाको मृत्यु भएको नयाँ आँकडा सार्वजनिक गरेसँगै मृत्यु हुनेको संख्या ४२५ पुगेको हो ।

कोरोनाको सुरुवात भएको वुहानमा मात्र करिव २० हजार पाँच सय जना प्रभावित भएको बताइएको छ । यसअघि सोमबार बसेको पोलिटव्यूरो स्थायी समितिले प्रकोप नियन्त्रणमा भएको कमजोरी सुधार गर्ने निर्णय भएको थियो ।

यता, विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसले विश्वभरी महामारीको रूप नलिएको जनाएको छ । डब्लुएचओले संक्रमणको माहामारीको अवस्थामा नभएपनि जोखिमको बहुकेन्द्रित चरणमा रहेको स्पष्ट पारेको छ ।

विश्वका करिब दुई दर्जन मुलुकमा संक्रमण फैलिएपनि महामारीको रूपमा नरहेको डब्लुएचओको दावी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);