बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८३, मंगलबार

बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आत्मदाहजस्ता गम्भीर घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई सरकार र प्रतिपक्ष मिलेर समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गणेश नेपालीको आत्मदाहको घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनाको रुपमा हेर्नुपर्ने कुरामा पार्टी गम्भीर रहेको पनि बताउनु भयो । उहाँले प्रेम आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै नागरिकको असन्तुष्टि र निराशा अझैपनि कम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उपसभापति शर्माले पुराना राजनीतिक दलहरुको समयदेखि नयाँ भनिएका राजनीतिक दलको समयसम्म सामाजिक निराशा कम हुन नसकेको भन्दै यससँग जुध्न सरकार र प्रतिपक्ष सँगसँगै उभिनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply