दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै

कोरोना भाइरसका कारण विश्वभर दुई हजार तीन सय ६० जनाको मृत्यु

एजेन्सी, १० फागुन । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि भएपछि उच्च सतर्कता अपनाइएको छ ।

दक्षिण कोरियामा कोरोना संक्रमितकोे संख्या ४ सय ३३ पुगपछि  भाइरस संक्रमित डाइगु र चेयोङडो सहरलाई ‘विशेष हेरचाह क्षेत्र’ घोषणा गरिएको छ । संक्रमण फैलन नदिन सडक पूर्ण रूपमा बन्द गरिएका छन् ।

स्थानीय प्रशासनले २५ लाखभन्दा बढी मानिसलाई घरबाट बाहिर ननिस्कन सचेत गराएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केन्द्र सरकारले उक्त क्षेत्रमा थप स्वास्थ्यकर्मी र आइसोलेसन सुविधा पठाउने भएको छ ।

मानिस भेला हुनेसहरका मल, व्यापारिक प्रतिष्ठान र अन्य क्षेत्र लगभग बन्द भएका छन् । तीनजना सैनिकमा पनि भाइरस संक्रमण पुष्टि भएपछि सेनालाई निश्चित घेरामा सीमित गरिएको छ ।

यसैबीच युरोपेली मुलुक इटालीमा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । इटालीको उत्तरी भेनेतो क्षेत्रका ७८ वर्षीय वृद्धको कोरोना भाइरसबाट मृत्यु भएको हो । इटालीमा कोरोना भाइरसको कारण मृत्यु भएको यो पहिलो घटना हो ।

शनिबारसम्म चीनमा मात्रै कोरोना भाइरसबाट दुई हजार तीन सय ४५ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा संक्रमितको संख्या ७६ हजार २ सय ८८ पुगेको छ।

चीनबाहिर इरानमा ४, जापानमा ३, दक्षिण कोरिया र हङकङमा २–२, ताइवान, इटाली, फ्रान्स र फिलिपिन्समा एक–एक जना गरी १५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण विश्वभर दुई हजार तीन सय ६० जनाको मृत्यु भएको छ भने ७७ हजार ७ सय ६७ जना संक्रमित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);