कोरोना भाइरसका कारण इटलीका एक दर्जन शहर बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना भाइरसका कारण इटलीका एक दर्जन शहर बन्द

italy shutdown

एजेन्सी, ११ फागुन । युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न “असाधारण उपाय” अपनाउने भएको छ । कोभिड-१९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्‌कालीन योजना घोषणा गरेका हुन्।

सो घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड-१९ का कारण मृत्यु भएपछि भएको हो । जना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारन्टीनको अवस्थामा राखिएको छ । ती सहरहरूका झन्डै ५०,००० मानिसहरूलाई घरभित्रै रहन भनिएको छ।

प्रधानमन्त्री कोन्टेले सो शहरहरूमा प्रवेश गर्न वा त्यहाँबाट निस्कन विशेष अनुमतिविना निधेष गरिएको छ । त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधिहरू निलम्बन गरिएको छ । आइतवार त्यहाँ सीरी ए का केही फुटबल खेल हुने तालिका थियो।

प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ । इटलीका अधिकारीहरूले कोरोनाभाइरस फैलिएको र यस्ता उपायविना नियन्त्रण गर्न नसकिने बताएका छन्।

चीनको हुबे प्रान्तमा गत वर्ष शुरू भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ र चीनबाहिर १,४०० भन्दा बढी सङ्क्रमित भएको र ११ जनाको मृत्यु भएको छ।

चीनका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिवार यसको नयाँ सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या घटेको छ । तर त्यहाँ अहिलेसम्म ७६,३९२ सङ्क्रमण र २,३४८ मृत्यु पुष्टि भइसकेको छ।

दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन् । शुक्रवारयता थप २२९ जनामा कोभिड-१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);