कोरोना भाइरस विरुद्धको भ्याक्सिन जनावरमा परीक्षण गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना भाइरस विरुद्धको भ्याक्सिन जनावरमा परीक्षण गर्ने तयारी

corona virus vaccine

एजेन्सी, ११ फागुन । अस्ट्रेलियाका वैज्ञानिकहरुले विकास गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको यसै साताभित्रमा जनावरमा परीक्षण गरिने भएको छ । अष्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्यान्डका वैज्ञानिकको टोलीले ६ साता लगाएर भ्याक्सिन निर्माण गरेको हो ।

विश्वमा महामारीका रुपमा फैलिरहेको भाइरसको अहिलेसम्म उपचार फेला परिनसकेको अवस्थामा अस्ट्रेलियाका वैज्ञानिकले विकास गरेको उक्त भ्याक्सिनको परीक्षण सफल भए ठूलो उपलब्धि हुने जनाइएको छ । बैज्ञानिकहरुले आफूहरुले निर्माण गरेको भ्याक्सिन कोरोनाविरुद्धको विश्वकै पहिलो भएको दाबी गर्न नसकिने भएपनि यो अभूतपूर्व सफलता भएको बताएका छन्।

अस्ट्रेलियाका वैज्ञानिकले कोरोना भाइरस संक्रमित व्यक्तिबाट नमुना संकलन गरेर एक महिना अघि कृत्रिम भाइरसको सृजना गरेका थिए। अनुसन्धानकर्ताहरुले पहिलो चरणको ‘प्रि क्लिनिकल ट्रायल’ जनावरमा परिक्षण सम्पन्न गरेपछि यस वर्षको मध्यसम्ममा मानिसहरुमा परिक्षण गर्ने लक्ष्य राखेका छन् ।

यद्यपि भ्याक्सिनको पूर्णरुपमा विकास गर्न १२ देखि १८ महिनासम्म लाग्नसक्ने उनीहरुले बताएका छन् । अष्ट्रेलिया संचारमाध्यमहरुका अनुसार मेलबर्नमा रहेको ल्याबमा परिक्षणका लागि आवश्यक पर्ने मात्राहरुको उत्पादन सुरु गरिसकिएको छ। भ्याक्सिन पहिला कति सुरक्षित छ भनेर जनावरमा जाँच गरिनेछ भने त्यसपछि यसको प्रभावकारिताका बारेमा अर्को परीक्षण हुनेछ।

चीनबाट सुरु भएको कोरोना भाइरसका कारण अहिलेसम्म संसारभरका करिब ७८ हजार संक्रमित भएका छन भने २ हजार ४ सयले ज्यान गुमाइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);