कोरोना भाइरस विरुद्धको खोप बनाउने पहिलो मुलुक भएको रुसको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

कोरोना भाइरस विरुद्धको खोप बनाउने पहिलो मुलुक भएको रुसको दाबी

एजेन्सी, २७ साउन । रुसले कोरोना भाइरस विरुद्धको खोप बनाउने पहिलो मुलुक भएको दाबी गरेको छ । रुसका राष्ट्रपति भ्लादीमिर पुटिनले मंगलबार खोप सार्वजनिक गर्दै ऐतिहासिक उपलब्धी हात पार्ने विश्व कै पहिलो मुलुक भएको दाबी गर्नु भएको हो ।

मंगलबार नै चीनको सिनोवेक बायोटक लिमिटेडले मंगलबार कोरोना खोपको मानव परिक्षणको अन्तिम चरणको सुरुवात गरेको छ । रुसले कोरोना भाइरस विरुद्धको खोप बनाउने पहिलो मुलुक भएको दावी गरेको छ । रुसका राष्ट्रपति भ्लादीमिर पुटिनकी छोरीलाई मंगलबार दिइएको खोप नै कोरोना भाइरसको पहिलो खोप भएको दाबी गरिएको छ ।

पुटिनले आफ्रना २ मधये एउटी छोरीलाई कोरोना भाइरसको पहिलो खोप लगाएको जानकरी दिनुभयो यसैबीच फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले कोरोनाभाइरसको खोप बनाउन सफलभएकोमा रुसको प्रशंसा गर्नु भएको छ ।

उहाँले रुसको खोप परिक्षणमा समावेश हुने इच्छा समेत व्यक्त गर्नु भएको छ । मंगलबार नै चीनको सिनोवेक बायोटक लिमिटेडले मंगलबार कोरोना खोपको मानव परिक्षण अन्तर्गत अन्तिम चरणको सुरुवात गरेको छ । यो खोपको इन्डोनेशियामा १६ सय २० बिरामीमाथि परिक्षण गरिँदै छ ।

चीनको सिनोवेक बायोटकले इन्डोनेशियाको सरकारी कम्पनी बायो फर्मासँग मिलेर तयार पारेको कोरोना खोपको यो अन्तिम चरणको परिक्षण हुने छ । सिनोवेकले दोस्रो चरणको परिक्षण सुरक्षित पाइएको र बिरामीमा एन्टीबडी आधारित इम्युन रेस्पोन्स पाइएको जानकारी दिएको छ ।

कोरोनाव्याक नामको यो खोप विश्वमा परिक्षण भइरहेका ती सिमित खोपमध्ये एक हो जो परीक्षणको अन्तिम चरणसम्म पुगेको छ । यसको अध्ययन गरेर यसको असरको विषयमा प्रमाण जुटाइँदैछ । दक्षिणपूर्व एशियाको सबैभन्दा घना जनसंख्या भएको इण्डोनेशीया कोरोना भाइरसको बढ्दो संक्रमणसँग जुधिरहेको बेला कोरोनाव्याक खोपको अन्तिम परिक्षण सुरु भएको छ ।

वेस्ट जावाको बुंडुंगमा परिक्षणको सुरुवात संगै इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले आगामी जनवरीसम्ममा खोप बन्ने र देशका सबै जनतालाई पनि दिन सक्ने विश्वास व्यक्त गर्नु भएको छ ।

बायो फार्मा र सिनोवेकबाहेक इन्डोनेशियाको निजी कम्पनी काल्बे फार्मा र दक्षिण कोरियाको जेनेक्साइनसँग मिलेर कोरोनाको अर्को छुट्टै भ्याक्सिन बनाइरहेका छन् । संसारभरी कोरोना भाइरसको खोप होडबाजीमा अमेरीका र बेलायतले पनि चाँडै नै उक्त खोप बजारमा आउने दाबी गर्दै आइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);