बेलारुसको राष्ट्रपतिमा अलेक्जान्डर लुकासेन्को विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बेलारुसको राष्ट्रपतिमा अलेक्जान्डर लुकासेन्को विजयी

चुनावमा धाँधली भएको भन्दै विपक्षीहरु सडक आन्दोलनमा

एजेन्सी, २७ साउन । बेलारुसको राष्ट्रपति पदमा अलेक्जान्डर लुकासेन्को विजयी हुनु भएको छ । सन् १९९४ देखि बेलारुसको सत्तामा रहनु भएका ६५ वर्षीय लुकासेन्को ८० दशमलव २३ प्रतिशत मत ल्याएर छैटौंपटक राष्ट्रपति निर्वाचित भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

लुकासेन्कोकी प्रमुख प्रतिद्वन्द्वी सेभ्लाना तिखानोभ्स्कायाले ९ दशमलव ९ प्रतिशत मात्र मत पाएको बेलारुसको निर्वाचन आयोगले जनाएको छ । यसअघि चुनावी मतसर्वेक्षणमा लुकासेन्कोले भारी मतका साथ विजयी हुने विवरणहरू सार्वजनिक भएसँगै राजधानी मिन्स्कलगायत केही स्थानमा लुकासेन्कोविरुद्ध प्रदर्शन सुरु भएका थिए ।

निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेलगत्तै देशव्यापी विरोध प्रदर्शन भएको छ । चुनावमा व्यापक धाँधली भएको प्रदर्शनकारीहरुको आरोप छ । चुनावी नतिजाको विरोध गर्दै विपक्षीहरूले राजधानी मिन्स्कका सार्वजनिक स्थानमा तोडफोड गर्नुका साथै सडक अवरोध गरेका थिए । प्रहरी कारबाहीमा क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि ग्रिनेड, रबरका गोली र अश्रुग्यास प्रहार गरेको छ ।

यसैबीच, रुस , चीन, काजखस्तान, उज्बेकिस्तान, माल्दोभा र अजरबैजानले लुकासेन्सकोलाई बधाइ दिदै समर्थन जनाएका छन् । पोल्यान्डले भने बेलारुसको पछिल्लो अवस्था एवं विवादास्पद राष्ट्रपतीय निर्वाचनबारे छलफल गर्न युरोपेली युनियनको आपत्कालीन बैठक डाक्न आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);