कोरोना भाइरसः रुसमा परीक्षण गरिएको खोपले काम गर्ने सङ्केत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना भाइरसः रुसमा परीक्षण गरिएको खोपले काम गर्ने सङ्केत

एजेन्सी, २० भदौ । रुसी वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको दावी गरेका छन् । खोपको परीक्षणको पहिलो प्रतिवेदन प्रकाशित गर्दै रुसका वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्धको खोपको परीक्षणगरिएकाहरुमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको दावी गरेका हुन् । मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर नकारात्मक असर नभएको उल्लेख छ ।

रुसले गत अगस्ट महिनामा स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न अनुमति दिएको थियो । रुसले कोरोना विरुद्ध खोप विकास गर्ने पहिलो देश भएको दावी समेत गरिरहेको छ । गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनले खोपले आवश्यक सबै परीक्षणका मापदण्ड पूरा गरेको र आफ्नी छोरीमा पनि परीक्षण गरिएको घोषणा गर्नू भएको थियो । स्पुत्निक पाँच नाम दिइएको उक्त खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनाको बीचमा गरिएको जर्नलमा उल्लेख छ ।

प्रत्येक परीक्षणमा सहभागी ३८ जना स्वास्थ स्वयम् सेवकलाई पहिलो खोपको लगाइएको थियो र तीन सातापछि उनीहरूलाई बुस्टर डोज दिइएको थियो । सहभागीको उमेर १८ देखि ६० वर्षसम्म थियो । उनीहरूलाई ४२ दिनसम्म निगरानी गरिएको थियो र सबैमा तीन साताभित्र एन्टीबडीको विकास भएको थियो।उनीहरूमा सामान्यतया टाउको र जोर्नी दुख्ने साझा खालको साइड इफेक्ट मात्र देखिएको बताइएको छ । जर्नलका अनुसार तेस्रो चरणको परीक्षणमा फरक–फरक उमेर र जोखिम समूह बाट ४० हजार स्वयम्सेवक सहभागी हुनेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);