रुसले भारतमा 'स्पुतनिक भी'को १० करोड डोज उत्पादन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

रुसले भारतमा ‘स्पुतनिक भी’को १० करोड डोज उत्पादन गर्ने

एजेन्सी, १२ मंसिर । कोरोना भाइरसविरुद्ध रसियाले निर्माण गरेको स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले रसियाले निर्माण गरेको स्पुतनिक भी खोपको १० करोड डोज खोप उत्पादन गर्ने भएको हो ।

रुसको प्रत्यक्ष लगानी कोषले यसको घोषणा गरेको हो । खोपको उत्पादन सन् २०२१ को सुरुदेखि नै प्रारम्भ हुने जनाइएको छ । स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको रसियाले दावी गरेको थियो ।

अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइसकेका छन् । रसियाले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति डोजको १० अमेरिकी डलर पर्ने जनाएको छ ।

रसियाले गत अगस्टमै कोरोनाभाइरस विरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर, ठूलो स्तरको क्लिनिकल परीक्षण नहुँदै रसियाले सो खोप प्रभावकारी रहेको दावी गरेपछि चौतर्फी आशंका उत्पन्न भएको थियो । भारतबाहेक स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);