अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण

एजेन्सी, ४ चैत । कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । अमेरिकाको वाशिङ्टन राज्यको सियाटल शहरमा चार जनालाई उक्त खोप सुईमार्फत् दिएर मानवमा परिक्षण सुरु गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उक्त खोपबाट कोरोना भाइरसको संक्रमण नहुने विश्वास गरिएको छ । कोरोना भाइरस विरुद्धको खोप लगाउने पहिलो व्यक्ति भने ४३ वर्षे महिला बनेकी छिन् । दुई सन्तानकी आमा जेनिफर हलरले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप लगाएकी हुन् ।

यद्यपि खोपले काम गर्ने नगर्ने स्पष्ट हुन भने धेरै महिना लाग्नसक्ने र खोप सार्वजनिक रुपमा उपलब्ध हुन १८ महिनासम्म लाग्नसक्ने खोप विकास गरेका वैज्ञानिकहरुले बताएका छन् ।

उक्त खोपको विकास अमेरिकाको स्वास्थ्य प्रतिस्ष्ठानको आर्थिक सहयोगमा मोडेर्ना नामक कम्पनीले गरेको हो । मानवमा खोप परीक्षणका लागि ४५ जना स्वयंसवी छनौट गरिएको छ भने उनीहरुलाई खोपको विभिन्न मात्रा दिइनेछ ।

स्पेनका अनुसन्धानकर्ताहरूले चाहिँ अर्कै औषधिको परीक्षण गरिरहेका छन् । उनीहरूले एचआईभी अर्थात् ह्यूमन इम्यूनोडिफिशन्सी भाइरसबाट संक्रमित भएका मानिसको उपचार गर्न प्रयोग गरिने औषधि कोरोना संक्रमित २ सय जनामा परीक्षण गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);