कोरोनाको त्रास : भारतको प्रसिद्ध पर्यटकीय स्थल ताजमहल बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोनाको त्रास : भारतको प्रसिद्ध पर्यटकीय स्थल ताजमहल बन्द

एजेन्सी, ४ चैत । भारतको प्रसिद्ध पर्यटकीयस्थल ताजमहल ‘कोरोनाभाइरस’ संक्रमणको महामारी फैलिने आशंकामा बन्द गरिएको छ । भारतको संस्कृति मन्त्रालयले दैनिक दशौं हजार पर्यटक आउने ऐतिहासिक स्मारक अहिले बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ ।

ताजमहलमा दैनिक करिब ७० हजार पर्यटक पुग्ने गरेको तथ्यांक छ । भारतमा कोरोनाभाइरसबाट तीनजनाको मृत्यु भएको छ भने १ सय २६ जना संक्रमित भेटिएका छन् ।

यस्तै नेपाली कामदारको बाहुल्य रहेको कतारको सनैया क्षेत्रमा मंगलबारदेखि दुई साताका लागि आवातजावत गर्न रोक लगाइएको छ । कतारको आन्तरिक मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनका लागि सनैयाको निश्चित क्षेत्रभित्रको आवतजावतलाई पूर्ण रुपमा रोक लगाइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);