पर्यटक आगमन बढ्दै तर खर्च भने घट्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्यटक आगमन बढ्दै तर खर्च भने घट्दै

paryatak

काठमाडौं, ५ साउन । नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएको देखिए पनि पर्यटकले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने घटेको तथ्यांकले देखाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०१८’का अनुसार सन् २०१७ मा एक पर्यटकले ५४ अमेरीकन डलर खर्च गर्ने गरेकोमा त्यो रकम घटेर सन् २०१८ मा ४४ अमेरिकन डलरमा सीमित भएको छ । २०१८ मा पर्यटक भने हालसम्मकै बढी अर्थात १२ लाखले नेपाल भ्रमण गरेका थिए ।

भूकम्प र नाकाबन्दीका वर्षमा पर्यटक आउने क्रम घटे पनि विगत १० वर्षमा पर्यटक आगमनमा वृद्धि भएको तथ्यांकले देखाएको छ । पर्यटकको दैनिक खर्च घट्नुमा भने उनीहरुका लागि खर्च गर्ने उपयुक्त पूर्वाधारको विकास गर्न नसक्नु नै मुख्य कारण भएको सरोकारवालाहरूको भनाइ छ । नेपालमा मुख्य पर्यटकीय क्षेत्र नै सम्साँझै बन्द हुने र असुरक्षाको कारण देखाउँदै प्रहरीले रेष्टुरेन्टहरु बन्द गराउँदै हिँड्दा पर्यटकहरु होटलको कोठामै खुम्चेर बस्न बाध्य छन् ।

पर्यटकले १३.४ दिन बस्ने गरेका थिए भने उनीहरुले दैनिक ५३ अमेरिकी डलर औषतमा खर्च गर्ने गरेका थिए । तर, सन् २०१७ मा आइपुग्दा पर्यटकको बसाइ अवधि घटेर १२.६ दिनमा सीमित भयो भने दैनिक खर्च पनि ५४ अमेरिकी डलरमा गरेको तथ्यांक छ । यो समाचार कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);