भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा होला ?

प्रमिला खतिवडा
काठमाडौं, ४ असोज । २०७४ साउन २९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पर्यटन मन्त्रालयले सन् २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउन लागिएको हो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारले लिएको छ ।

यसका लागि सरकार पर्यटन बोर्ड, पर्यटन व्यवसायीले तयारी तीब्र पारेका छन् । आन्तरिक र वाह्य गरी २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजनासहित सुरु गरिएको भ्रमण वर्षको गण्डकी प्रदेशबाट ३ महिना अघि उद्घाटन गरिसकिएको छ । ।

पर्यटन बोर्डले पर्यटन बर्षकालागि २५ करोड विनियोजन गरेको छ भने १० करोड नेपाल भ्रमण बर्ष सचिवालय मार्फत खर्च गरिने गरि विनियोजन पनि गरिएको जनाएकोछ ।

यसका लागि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय तथा पोखरा क्षेत्रिय विमानस्थल लगायतको पूर्वाधारलाई विशेष महत्व दिइएको पर्यटन बोर्डका कार्यसमितिका सदस्य दिपक महतले जानकारी दिनु भयो।

पर्यटन बर्षको अन्तिम तयारी भइरहँदा व्यापारीहरु पनि खुसि देखिएका छन् । भ्रमण वर्षसंगै स्वदेश र विदेश पर्यटकको आवागमन बढेपछि व्यापार बढ्नेमा स्थानीय व्यापारी आशावादी देखिन्छन् ।

नेपालमा आउने विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन यकिन तथ्यांक छैन । तर व्यवसायीहरुका अनुसार एकजना पर्यटकले औषतमा दैनिक खानामा १० डलर खर्च गर्ने गर्छन् । पर्यटकको बसाई अवधि र सिजनमा पर्यटकले गर्ने खर्च भर पर्ने होटल व्यवसायी बताउँछन् ।

उपत्यका भित्रका मुख्य पर्यटकीय क्षेत्र भनेका पुराना दरबारक्षेत्र र मठ मन्दिर हुन् । भूकम्पले क्षेति पु¥याएको ४ वर्ष बितिसक्दा पनि त्यसको पुननिर्माण अझै हुन सकेको छैन । भ्रमण वर्षलाई सफल बनाउन सरकारको अभियानले मात्र नपुग्न सक्छ । यसमा निजी क्षेत्रबाट खासै सहयोग नभएको पर्यटन बोर्ड बताउँछ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यो लक्ष्य हासिल गर्न दैनिक ५ हजार पाँच सय पर्यटक नेपाल भित्रिनुपर्छ । तर अहिले दैनिक ३ हजार ७ सय पर्यटक मात्रै नेपाल आउने गरेका छन् । सरकारले लिएको लक्ष्य भेट्याउन सरकारदेखि निजी क्षेत्र, सम्पूर्ण व्यवसायी, सर्वसाधारणको थप मिहिनेत आवश्यक पर्ने देखिन्छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);