कोरोना भाइरसको त्रास : बिदेशी पर्यटकले धमाधम होटल बुकिङ रद्द गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना भाइरसको त्रास : बिदेशी पर्यटकले धमाधम होटल बुकिङ रद्द गर्दै

visitnepal2020 tourist

काठमाडौं, २८ माघ । सरकारले २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सहित २०२० लाई भ्रमण बर्ष घोषणा गरेपनि गएको बर्षभन्दा पर्यटक संख्या न्यून हँुदा पर्यटन व्यवसायी निराश छन् ।

२०१९ को जनवरीको तुलनामा भ्रमण बर्षको जनवरीमा पर्यटक संख्या २ प्रतिशतले घटेको छ । तर नेपाल भ्रमण बर्ष २०२० सचिवालयले भने बर्षको अन्त्यसम्ममा लक्ष्य पुर्ति हुने दावी गर्दै आएको छ ।

पर्यटकको घँुइचोले अस्तव्यस्त हुने ठमेल बजार यति बेला भने सुनसान देखिन्छ । २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य सहित शुरु भएको भ्रमण बर्ष २०२० को लक्ष्य प्राप्तिमा शंका उब्जाएको छ ।

छिमेकी राष्ट्र चीनमा फैलेको कोरोना भाइरसको त्रासले गर्दा पर्यटकहरुले होटल तथा ट्राभल एण्ड टुर्स कम्पनीका बुकिङहरु समेत रद्द गरेका छन् ।

भ्रमण बर्षका लागि पर्याप्त प्रचारप्रसार हुन नसकेकाले सोचे जति पर्यटक नभित्रिएको पनि पर्यटन व्यवसायीको भनाइ छ । सन् २०१९ को जनवरीको तुलनामा भ्रमण बर्ष २०२०को जनवरीमा पर्यटकको संख्या २ प्रतिशतले घटेको छ ।

शुरुवाती तथ्यांकले २०२० मा पर्यटकको संख्या कम देखाएपनि भ्रमण वर्षको अन्त्यसम्ममा लक्ष्य पुरा हुने नेपाल भ्रमण बर्ष २०२० सचिवालयको दावी छ ।

२० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सहित घोषण गरिएको नेपाल भ्रमण बर्ष २०२० को सुरुवात सन्तोषजनक भने पक्कै पनि छैन ।

यसमा छिमेकी मुलुकबाट विश्वभर फैलिएको कोरोना भाइरसले नकरात्मक प्रभाव पारेको त छ नै । तर देशको पुर्वाधार तथा सुविधाको अवस्था हेर्ने हो भने भ्रमण बर्षको घोषणा हतारमा गरिएको झैँ देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);