नेपाल भ्रमण वर्ष २०२० नजिकिंदै गर्दा यसको तयारीमाथि प्रश्न ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल भ्रमण वर्ष २०२० नजिकिंदै गर्दा यसको तयारीमाथि प्रश्न !

visit nepal 2020

काठमाडौं, २७ मंसिर । नेपाल भ्रमण वर्ष २०२० नजिकिंदै गर्दा यसको तयारीमाथि प्रश्न उठाइएको छ । नेपाल वायुसेवा निगमको आफ्नै हवाइजहाज नभएको र सडक सञ्जाल पुगेका ठाउँमा पनि सडकको अवस्था खराव भएपछि भ्रमण वर्षको तयारीप्रति प्रश्न उठाइएको हो । यातायातको अवस्था कमजोर भएको हुँदा भ्रमण वर्षमा २० लाख पर्यटन पु-याउन चुनौती देखिएको सरोकारवालाहरु बताउँछन् ।

सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सरकारको आयोजनामा नेपालले पर्यटन बर्ष मनाउन लागेको यो तेस्रो पटक हो । अघिल्लो पटक गरिएका दुई आयोजनामा तोकिएको लक्ष्य पूरा नभएकोले यस पटककोमा पनि आशंका गरिएको छ ।

यद्यपी, सरकारको आव्हानमा सबै राजनीतिक दलले नेपाल भ्रमण वर्षलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् । यातायात र सुरक्षाको राम्रो व्यवस्था भए भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउन गाह्रो नहुने सरोकारवालाहरु बताउँछन् । तर आएका विदेशी पर्यटकलाई कति दिन नेपाल टिकाउन सक्छौं भन्नेमा भने चुनौती रहेको कांग्रेसका युवा नेता उदय शमशेर राणा बताउनु हुन्छ ।

तयारीलाई लिएर सरोकारवालाहरुले प्रश्न उठाए पनि सरकार भने जसरी पनि भ्रमण वर्षलाई सफल बनाउने बताइरहेको छ । पहिलेका कमिकमजोरीबाट पाठ सिक्दै तयारीलाई तीव्रता दिइएको सरकारको दावी छ । पर्यटन मन्त्री योगेश भट्टराई यस वर्षलाई आधार वर्षको रुपमा आगाडी बढाउँदै १० वर्ष भित्र ५० लाख विदेशी पर्यटक वित्र्याउने बताउनु हुन्छ ।

२० लाख पर्यटक एक वर्षमा भित्र्याउन चुनौती देख्नेहरुले, विदेशी पर्यटक आएमा कहाँ राख्ने भनी होटल, रेष्टुरेण्टको क्षमतालाई लिएर प्रश्न उठाइरहेका छन् । विदेशी पर्यटक हवाइजहाज मार्फत आउने भएकोले एउटै मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको क्षमता माथि पनि प्रश्न उठाइएको छ ।

घण्टौसम्म आकाशमै प्लेन होल्ड हुने र अन्य पर्यटकीय स्थल नजिक ठूला विमानस्थल नहुँदा हवाई यातायातको सेवामाथि प्रश्न उठाइएको हो । तथापी, यी सबै समस्याको व्यवस्थापन गर्दै मुलुकको समृद्धिका लागि नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्ने दलहरुको प्रतिवद्धता रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);