सुुरक्षित हवाई यातायात र होटल व्यवस्थापन भ्रमण वर्षका प्रमुख चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सुुरक्षित हवाई यातायात र होटल व्यवस्थापन भ्रमण वर्षका प्रमुख चुनौती

visit-nepal-2020

काठमाडौं, १४ पुस । नेपाल अहिले भ्रमण वर्ष २०२० को पूूर्वसन्ध्यामा रहेको छ । भ्रमण वर्षलाई सफल पार्न नेपाल सरकारलाई विभिन्न संघसंस्था तथा निजिक्षेत्रहरुले साथ दिईरहेका छन् ।

तर नेपालसँग भ्रमण वर्षलाई सफल पार्न पुरानै समस्याका चांङ देखिएका छन् । सुुरक्षित हवाई यातायात र होटल व्यवस्थापन भ्रमण वर्ष २०२०का प्रमुख चुनौती रहेको होटेल व्यावसायी महासंघका सचिव शंकर भण्डारीको भनाइ छ ।

यसैगरी विदेशी पर्यटकलाई नेपाल भित्र्याउन लागि नेपाल वायुसेवा निगमसँग अहिले मात्र चारवटा अन्तर्राष्ट्रिय उडान भर्ने जहाज छन् ।

नेपालसँग अन्तर्राष्ट्रिय उडान पर्याप्त नभएको बेलामा सन् २०१३ देखि युरोपियन युनियन ईयुुले नेपाली उडानमा प्रतिबन्ध समेत लगाएको छ । जसको सिधा असर भ्रमण वर्षमा पर्ने निश्चित छ ।

तर त्यसले युुरोपेली पर्यटक नेपाल आउनमा कुुनै प्रभाव नपार्ने नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशका राजन पोखरेल बताउनु हुन्छ ।

नेपालले अहिले तेस्रो पटक भ्रमण वर्ष मनाउन लागेको हो । २० लाख पर्यटक एक वर्षमा नेपालमा भित्रिएमा विदेशी पर्यटकहरुलाई कहाँ राख्ने भनी होटल, रेष्टुरेण्टको क्षमतालाई लिएर प्रश्न उठिरहेका छन् ।

विदेशी पर्यटक हवाइ यातायातबाट पनि नेपाल आउने भएकोले एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र हालै इयुले लगाएको प्रतिबन्धको निरन्तरताले भने चुनौती थपिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);