'भ्रमण वर्ष २०२० सफल पार्न पूर्वाधार विकासमा जोड' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

‘भ्रमण वर्ष २०२० सफल पार्न पूर्वाधार विकासमा जोड’

bhraman barsa-samsad

काठमाडौं, २२ माघ । सांसदहरुले भ्रमण वर्ष २०२० सफल पार्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पर्यटन वर्ष सफल बनाउने सम्बन्धमा बुधवार भएको छलफलमा सांसदहरुले विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना बनाउनुपर्ने भन्दै त्यसका लागि सरकारले पूर्वाधार विकासमा ध्यान दिनु पर्ने बताएका हुन ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधवारको बैठकमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पर्यटन वर्षलाई मध्यनजर गरेर नेपालको जातजाति, भाषा, संस्कृति लगायतका बिषयमा प्रचार गर्न म्युजियम बनाउनुपर्ने बताउनुभयो । उहाँले गणतन्त्र स्मारक नारायणहिटीमा बनाएर गल्ति गरिएको भन्दै त्यसलाई हटाउनु पर्ने उल्लेख गर्नुभयो ।

छलफलमा सांसद भीम रावलले पर्यटन वर्षलाई सफल पार्न सडक यातायात, हवाई यातायात तथा होटल लगायतका भौतिक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी सांसद प्रकाशमान सिंहले काठमाडौंको प्रदुषण कम गर्न विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रमा साइकल लेन बनाउनुपर्नेमा जोड दिनुभयो

सांसद पुष्पा भूसालले भ्रमण वर्ष सुरु भइसक्दा पनि गम्भिरता पूर्वक तयारी नभएको भन्दै पर्यटकलाई आकर्षित गर्ने योजना बनाउनुपर्ने र नयाँ अभियान चलाउनुपर्ने बताउनुभयो ।

समितिकी सभापति पवित्रा निरौला खरेलले भ्रमण वर्षलाई सफल पार्न सबै स्थानीय तहले बजेट छुट्याउनुपर्नेमा जोड दिनु भयो ।

छलफलमा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले सात वटै प्रदेशमा रहेका विभिन्न पर्यटकिय क्षेत्रहरुलाई चिनाउने गरी विशेष कार्यक्रम गर्ने तयारी गरिएको जानकारी दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);