राष्ट्रियसभाको भूमिकाबारे नकारात्मक टिप्पणी हुने गरेकोमा असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रियसभाको भूमिकाबारे नकारात्मक टिप्पणी हुने गरेकोमा असन्तुष्टि

jitendra yadav

काठमाडौं, २२ माघ । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रियसभाको भूमिका बारे नकारात्मक टिप्पणी हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद देवले चेतनशील नागरिक समेतले संविधानले राष्ट्रियसभाको काम कसरी परिभाषित गरिएको छ भन्ने बारेमा नबुझी राष्ट्रियसभाको बारेमा नकारात्मक भावना लिएर बसेको देखिएको गुनासो गर्नुभएको हो ।

उहाँले राष्ट्रियसभाको बारेमा रहेको भ्रमपूर्ण बुझाई हटाउन राष्ट्रियसभाले गरेको ऐतिहासिक कार्य, संबैधानिक हैसियत र गरिमाबारे नेपाली जनतालाई बुझाउने गरि कार्यक्रम गर्न सभाध्यक्षको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभाको संबैधानिक हैसियतको वास्तविकता नेपाली जनतामाझ जान नसकेका कारण राष्ट्रियसभाको महत्व कम आकलन हुने गरिएको भन्दै उहाँले महत्व झल्काउने कार्यक्रमको खाँचो औल्याउनुभएको हो ।

संविधानले अर्थ विधेयक प्रतिनिधिसभामा मात्रै पेश हुनुपर्ने बाहेक अन्य विषयमा संघीय संसदका दुई सदनलाई विभेद नगरेको र समान हैसियत प्रदान गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

संविधानले संघीय संसदका दुवै सदनलाई समान हैसियत, समान गरिमा र समान महत्व दिएको भएपनि राष्ट्रियसभाको संबैधानिक वास्तविकताबारे नेपाली जनतामाझ जान नसकेका कारण बुझाई फरक हुन गएको टिप्पणी उहाँले गर्नुभयो । उहाँले राष्ट्रियसभाको महत्व बुझाउनका लागि सचिवालयले गर्नुपर्ने कार्य भन्दै ४ बुँदे सुझाव पनि दिनुभयो ।

उहाँले राष्ट्रियसभाले सघन रुपमा, राजनीतिक तह, समिति तह र सचिवालय तहमा नियमति रुपमा प्रेस मिट गरि गरिएका कामहरु सम्प्रेषण गर्न, राष्ट्रियसभाका सदस्यहरुलाई व्यक्तिगत र सामुहिक रुपमा जिम्मेवार बनाउने गरि नियमावलिमा संशोधन गर्न, समय समयमा विभिन्न प्रदेशमा राष्ट्रियसभाको संबैधानिक हैसियत काम र महत्वका बारेमा विचार गोष्ठी गर्न र राष्ट्रियसभाका समितिहरुको कामको पुर्नसंरचना गरि सबै समितिलाई पर्याप्त काम उपलब्धि हुने गरि राष्ट्रियसभा नियमावलिमा संसोधन गर्न सुझाव दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);