प्रधानमन्त्रीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुको मति भ्रष्ट हुँदैछ : मृगेन्द्र सिंह यादव | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

प्रधानमन्त्रीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुको मति भ्रष्ट हुँदैछ : मृगेन्द्र सिंह यादव

काठमाडौँ । जनता समाजवादी पार्टीको राजनैतिक किचलोले राष्ट्रियसभाको बैठकमा प्रवेश पाएको छ। राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओेलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुले छलछाम र जालझेल गर्न थालेको आरोप लगाएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महत्थ ठाकुरले किर्ते गरेर, नक्कली कागजपत्र तयार गरेर आफूलाई एकल अध्यक्ष भएको दाबी गरेको बताएका छन् । सांसद यादव अहिले उपेन्द्र यादव समुहमा हुनुहुन्छ ।

उनले वर्तमान प्रधानमन्त्रीलाई हिन्दी भाषाको एक उखानमा तुलना गर्दे कमौरव वंशको जस्तो अन्त्य हुने ठोकुवा गरेका छन् । सांसद यादवले हिन्दिमा राष्ट्रियसभाको बैठकमा भनेको हिन्दी भाषाको उखान यस्तो छ “अहंकार से नास होत हे धर्म वैभव वंश, नमानो तो देखलो रावण कौरव कंस ”।

Leave a Reply

ताजा समाचार