प्रदेश १ प्रदेशसभा बैठक मंगलबार बस्ने गरी स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रदेश १ प्रदेशसभा बैठक मंगलबार बस्ने गरी स्थगित

बिराटनगर । नेकपा माओवादी केन्द्रका कारण प्रदेश १ को प्रदेसभा बैठक अवरुद्ध भएको छ । सोमबारको बैठक शुरु हुने बित्तिकै माओवादी सांसदहरुले बिरोध जनाएपछि आजको बैठक पनि स्थगित भएको हो ।

लगातार चार पटक बैठक अवरुद्ध भइसकेको छ। बैठकमा उपसभामुख सरस्वती पोखरेलले सदन सञ्चालनका लागि बस्न आग्रह गरेपनि माओवादी सांसद्हरुले उपसभामुखको प्रस्ताव अस्किार गरेका थिए ।

प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै बोलेको भन्दै माफी माग्नुपर्ने माओवादीका सांसद्हरुले अडान राख्दै आएका छन् । प्रदेशसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);