एक महिना पछि आज बागमती प्रदेशसभा बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

एक महिना पछि आज बागमती प्रदेशसभा बैठक बस्दै

हेटौंडा । बागमती प्रदेशसभाको बैठक मंगलबार बस्दै छ ।

बागमती प्रदेशसभाको आठौं अधिवेशनको २२ औं बैठक मंगलबार बस्न लागेको हो ।

आज दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्र पढेर सुनाउने र प्रदेशसभा नियमावली प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभामा केही ऐन संशोधन गर्ने विधेयक दर्ता भएको भएपनि आजको बैठकमा पेश नहुने बताइएको छ ।

गएको असार २८ गते चालु आर्थिक वर्षको बजेट पास गरेपछि स्थगित गरिएको प्रदेश सभा बैठक एक महिना पछि मंगलबार बस्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);