जसपाको केन्द्रीय समिति बैठक आजदेखि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जसपाको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडाैं । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने बैठक बिहान ११ बजेदेखि पार्टी कार्यलयमा स्थान अपुग भएको भन्दै डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बस्न लागेको हो । सोमबार पार्टीको कार्यकारिणी समिति बैठकले केन्द्रीय समितिमा पेस हुने एजेण्डा तय गरेको र त्यो एजेण्डाभित्र रहेर छलफल प्रारम्भ गरिने जनाइएको छ ।

बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गर्ने र त्यस विषयमा केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने बताइएको छ । यस्तै बैठकमा पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानका विषयमा प्रस्ताव गरिने बुझिएको छ ।

साथै सरकार लगायत संगठन विस्तारका विषयसमेत बैठकमा छलफल गरिने जसपाले जनाएको छ । जसपाका ८ सय १ जना केन्द्रीय समिति सदस्यमध्ये ६ सयभन्दा धेरै आफ्नो पक्षमा रहेको उपेन्द्रपक्षको दाबी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);