राप्रपा केन्द्रीय समितिको बैठक हेटौँडामा शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

राप्रपा केन्द्रीय समितिको बैठक हेटौँडामा शुरु

हेटौँडा, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक आजदेखि हेटौँडामा शुरु भएको छ । बैठकमा पार्टी विभाजनको विषयमा समीक्षा गरी छलफल गरिने राप्रपाले जनाएको छ ।

 

बैठक भदौ ४ गतेसम्म सञ्चालन हुने छ । बैठकमा संविधान संशोधन र तेस्रो चरणमा हुन लागेको प्रदेश नं २ को स्थानीय निर्वाचनबारे पनि छलफल हुने भएको छ ।

 

पछिल्लो राजनीतिक घटनाक्रम र मंसिर महिनाभित्र हुने प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचनका विषयमा पनि गम्भीर छलफल हुने राप्रपाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);