जसपाको केन्द्रीय समितिको बैठक आज पनि जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जसपाको केन्द्रीय समितिको बैठक आज पनि जारी

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक आज पनि जारी छ । मंगलबारबाट राजधानीको डिल्लीबजारमा सुरु भएको बैठकले आजपनि निरन्तरता पाएको हो ।

मंगलबारको बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गरेका थिए भने पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानका विषयमा प्रस्ताव गरिएको छ ।

प्रस्तावपछि प्रदेश पहिचानमा आधारित राष्ट्रिय समितिहरु र विशेष प्रदेश तथा जनवर्गीय भातृ संगठनहरुको इन्चार्ज प्रतिनिधिहरुबाट विचार व्यक्त भएको छ ।

आजको बैठकमा चारवटा विषयमा छलफल हुने जसपाले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे प्रदेश स्तरीय अभिमुखीकरण हुनेछ ।

समसामयिक राजनीतिक प्रस्तावहरुका विषयमा छलफल हुने छ भने सरकारमा सहभागिता सम्बन्धमा पनि छलफल हुने जसपाले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);