नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर र पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल हुन लागेको हो ।

यसअघि चैत्र ३० गते बस्ने तय भएको बैठक नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएपछि आज सम्मका लागि स्थगित गरिएको थियो । बैठकमा पार्टीको क्रियाशील सदस्यता केन्द्रमा बुझाउने मिति र अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूको संगठनमा समायोजनको कार्यतालिका परिवर्तन गर्ने तयारी छ ।

पार्टी पदाधिकारीको २९ चैतमा बसेको अनौपचारिक बैठकमा त्यो सहमति बनिसकेको छ । त्यस्तै बैठकमा मुलुकको समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);