कांग्रेसले १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेसले १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने

nepali congress

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कमिटी बैठकले पार्टीको १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कमिटीको बैठक बिहीबारदेखि सुरु भएको छ प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा सुरु भएको बैठकमा पार्टीका महामन्त्री पूर्ण बहादुर खड्काले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिले निर्माण गर्नेगरी प्रस्ताव पेश गरेको र केन्द्रीय कार्यसमिति सदस्यहरुको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका आउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बिहीबारको बैठकमा महामन्त्री खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गरेको र निर्देशिकाबारे छलफल गरी प्राप्त हुने राय, सुझाव बमोजिम बैठक सकिदा निर्देशिका पारित गरिने पनि प्रवक्ता शर्माले बताए ।

उनले भने ‘बैठकमा केन्द्रीय कार्यसमितिले कार्यतालिका निर्माण गर्नेगरी, कार्यतालिका कहिले सुरु गर्दा उचित हुन्छ भन्ने सन्दर्भमा बैठकमा प्रस्ताव प्रस्तुत भएको छ । केन्द्रीय कार्यसमिति सदस्यको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउनेछौँ ।

बैठकमा क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको तर्फबाट विवरण राख्नुभएको तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन समितिले यस अवधिमा गरेका कामको विषय राखेको पनि उनले जानकारी दिए ।

कांग्रेसको केन्द्रीय कमिटी बैठकमा सरकार सञ्चालन, कोरोना महामारी नियन्त्रणको सम्बन्धमा पनि छलफल हुने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);