कांग्रेस महाधिवेशन मंसिरमा, वडा अधिवेशन भदाै १८ र गाउँ नगरपालिकाको अधिवेशन भदौ २७ गते तय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेस महाधिवेशन मंसिरमा, वडा अधिवेशन भदाै १८ र गाउँ नगरपालिकाको अधिवेशन भदौ २७ गते तय

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति पुनः सरेको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । भदौ १९ गतेदेखि गर्ने भनिएको महाधिवेशन अब मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नयाँ कार्यतालिका अनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गते रहेको छ भने निर्वाचन निर्देशिका बुझाउने मिति पनि भदौ २ गते नै तोकिएको छ ।

वडा अधिवेशन भदौ १८ र गाउँ नगरपालिको अधिवेशन भदौ २७ गतेका लागि तय भएको छ ।

त्यसैगरी प्रदेशको क र ख क्षेत्रको अधिवेशन असोज १ गते हुनेछ भने संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तय गरिएको छ ।

जिल्लाको अधिवेशनको असोज १० गते हुनेछ भने प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुनेछ ।

केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म गर्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);