राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा कपिलवस्तु कारागारको निरीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा कपिलवस्तु कारागारको निरीक्षण

शम्भु माली

कपिलवस्तु । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला कारागार कपिलवस्तुको निरीक्षण गरेका छन् ।

पञ्चायत शासन विरुद्धको आन्दोलनलका क्रममा चार वर्ष जेल बसेका अध्यक्ष तिमिल्सिनाले विसं २०४२ देखि २०४४ सालसम्म १८ महिना कपिलवस्तु कारागारमा बिताएका थिए । आफूले जेल जीवन बिताएको कारगार र अहिले कैदी बन्दीको रुपमा रहेकाको अवस्था बुझ्न कपिलवस्तु आएको उनले बताए ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिव रहँदा गिरफ्तार भई शान्ति सुरक्षा अन्तर्गत राजबन्दीका रुपमा अध्यक्ष तिमिल्सिना पोखरा, तौलिहवा, भैरहवा, वीरगन्ज, काठमाडौंको केन्द्रीय भद्रगोल कारागार र नख्खु जेल गरी चार वर्ष जेल बसेर २०४६ सालमा रिहा भएका थिए ।

अध्यक्ष तिमिल्सिनाले आफू जेल बसेको समयभन्दा अहिलेको अवस्था सुधार भएको पाइएको बताए । उनले कारागारलाई बिस्तारै सुधार गृहको रुपमा विकास गर्नुपर्ने बताउँदै कैदीहरुलाई शिक्षा तथा सीप सिकाउनुपर्ने बताए ।

निरीक्षणका क्रममा अध्यक्ष तिमिल्सिनाले कैदी बन्दीका लागि मास्क उपलब्ध गराएका थिए ।

३५२ जना क्षमता भएको कपिलवस्तु जेलमा हाल ४५२ जना कैदी बन्दी रहेको कपिलवस्तु कारागार प्रमुख राकेश पाण्डेले जानकारी गराए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);