नेपाल परिवार नियोजन संघ कपिलवस्तु शाखाका भवन उदघाट्न | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपाल परिवार नियोजन संघ कपिलवस्तु शाखाका भवन उदघाट्न

शमभू माली १७ चैत्र कपिलवस्तु ।
नेपाल परिवार नियोजन संघ कपिलवस्तु शाखाको चौधौ शाखासभा तथा नवनिर्मित भवनको उदघाटन भएको छ । संघकी केन्द्रिय अध्यक्ष अमुसिंह सिजापतिले एक कार्यक्रमका बिच नवनिर्मित भवनको रिबन काटेर उदघाटन गरेकी

नेपाल परिवार नियोजन संघ कपिलवस्तु शाखाका भवन उदघाट्न

शम्भू माली १७ चैत्र कपिलवस्तु ।
नेपाल परिवार नियोजन संघ कपिलवस्तु शाखाको चौधौ शाखासभा तथा नवनिर्मित भवनको उदघाटन भएको छ । संघकी केन्द्रिय अध्यक्ष अमुसिंह सिजापतिले एक कार्यक्रमका बिच नवनिर्मित भवनको रिबन काटेर उदघाटन गरेकी हुन । ३ बर्षको अबधीमा करिब ४५ लाख बढिको लागतमा निर्मित ५ कोठे शाखा भवनको उदघाटन गरेकी हुन ।

सो अवसरमा बोल्दै अध्यक्ष सिजापतिले अमेरिका सरकारले गर्भपतन सम्बन्धि बजेट कटौती गरे सगै अन्तरराष्ट्रिय परिवार नियोजन महासंघले समेत संघलाई दिने श्रोतमा कटौती गरेको जनाईन । दातृ निकायको सहयोगले चल्दै आएको संघलाई आगामी दिनमा आत्मनिर्भर बनाउन तिन जिल्लामा पोलिक्लिनिक सञ्चालनको तयारी गरिएको उनले बताईन ।

“स्थानियस्तरकै श्रोत संकलन बिना संघलाई अगाडी बढाउन र आत्मनिर्भर बनाउन समस्या छ । ” उनले भनिन । स्वास्थ्य मन्त्रालयले निजी स्वास्थ्य सेवा प्रदायकले दर्ता भएर कर तिर्नु पर्ने निती कार्यान्वयनमा ल्याए सगै परिवार नियोजन संघ जस्ता सेवामुलक संस्थालाई समस्या परेको बताईन । “मन्त्रालयको नितीले परिवार नियोजन संघले बार्षिक १ करोड कर तिर्नु पर्ने अवस्था छ । कर तिर्नु पर्ने अवस्थाले हामीले कामै गर्न सक्ने अवस्था छैन । सरकारले सेवामुलक संस्थाका लागी छुट्टै निती अख्तियार गर्न आवश्यक छ । ” उनले भनिन ।

सो अवसरमा उनले संघको कर्मचारी प्रशासन र स्वयंसेवकको नितीमा पुर्नसंरचनाको तयारी भएको जानकारी दिईन । कार्यक्रममा मन्तब्य दिदै संघका केन्द्रिय सदस्य दिपक कुमार रानाले परिवार नियोजन संघले स्थानियस्तरको श्रोत परिचालनमा ध्यान केन्द्रित गरेर अगाडी बढने निती लिन थालेको बताए ।

संघले ग्रामिण जनतालाई दिदै आएको निशुल्क सेवा सुबिधालाई आवश्यक सहयोग गर्न आफुहरु प्रतिबद्ध रहेको जिल्ला प्रशासन कार्यालय कपिलवसतुका प्रशासकिय अधिकृत पुनाराम पौडेल, तौलिहवा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष प्रकाश गैरे र तौलिहवा उधोग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा शाखा सचिव रितुराज कान्दुले प्रगती प्रतिबेदन प्रस्तुत गर्दै ३ हजार ७ सय ७६ जनालाई यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गरिएको जनाए । त्यसै गरि सो अबधीमा १० हजार ७१ जनालाई क्लिनिकल सेवा प्रदान गरिएको कान्दुले बताए । कार्यक्रममा शाखा कोषाध्यक्ष कृष्णकेश श्रेष्ठले सन् २०१६ को अबधीको १ करोड ५१ लाख ५६ हजार १ सय ९३ रुपैया बराबरको आय व्यय बिवरण सार्वजनिक गरेका थिए ।

शाखा सभापति कमला सापकोटाको अध्यक्षता सचिव रितुराज कान्दुको स्वागत र उपाध्यक्ष खग प्रसाद चापागाईको सञ्चालनमा सम्पन्न कार्यक्रममा युवा नेता प्रकाश घिमिरे, कपिलवस्तु नगरपालिकाका पदमराज श्रेष्ठ, जग्गादाता परिवारका बसन्त कुमारी सिंह, महेन्द्रसिंह कार्की र भवन निर्माण समिती संयोजक बिश्वराज पाण्डेले मन्तब्य दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);