परिवार नियोजन दिवस विभिन्न कार्यक्रम गरी मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

परिवार नियोजन दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

praibar niyojana diwas

फूलमाया आले
काठमाडौं, २ असोज
। पाँचौं परिवार नियोजन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार नेपालमा ५३ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् ।

किशोर–किशोरीको सहभागिता, परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ पाँचौं परिवार नियोजन दिवस मनाइएको छ । परिवार कल्याण महाशाखा टेकूले मङ्गलबार काठमाडौंमा गरेको कार्यक्रममा नेपालमा ५३ प्रतिशत व्यक्ति मात्र परिवार नियोजनका साधन प्रयोगको पहुँचमा पुग्न सकेको जनाएको छ । त्यहीकारण सन् १९७६ मा ६ दशमलव १ रहेको प्रजनन दर अहिले घटेर दुईदशमलव तीनमा झरेको छ । यसलाई सरोकारवाला निकायले परिवार नियोजनमा भएको ठुलो उपलब्धि मानेका छन् ।

आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले नागरिकको स्वास्थ्य सेवाप्रति जिम्मेवार भएर लाग्नु सरकारकारी दायित्व भएकाले सरकारका कार्यक्रम पनि त्यतै लक्षित रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर सुशील प्याकुरेलको भनाई छ ।

सरकारी पक्षले परिवार नियोजनमा ठुलो उपलब्धी भएको तथ्यांक सार्वजनिक गर्दैगर्दा अझैपनि दुरदराजमा रहेका सिमान्तकृत समुदायसम्म परिवार नियोजनको पहुँचमा पुग्न सकेका छैनन् । जनचेतना र सेवा विस्तारमार्फत २०२१ सम्म सम्पूर्णमा पहुँच पुर्‍याउने परिवार कल्याण महाशाखाले योजना छ । त्यसका लागि सम्मानजनकरुमा सेवा लिने वातावरण बनाउने, सुलभ र गुणस्तरीय सेवा दिने, घर दैलोमा पुगेर सेवाबारे जानकारी दिने जस्ता कार्यक्रम उसको योजनामा छन् ।

देश संघीय संरचनामा गएकाले सबैतहका नागरिकसम्म पहुँच विस्तार गर्न सबै तहका सरकारले त्यसको महत्व बुझेर विकासका मुद्धा र जनताको अधिकारकासँग जोडन आवश्यक हुन्छ । त्यसो हुन नसके परिवार नियोजनको पहुँच विस्ता चुनौतिपूर्ण हुने परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाको बुझाई छ ।

‘किशोर–किशोरीको सहभागिता, परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने नारा दिएपनि किशोर किशोरीहरु परिवार नियोजनका अस्थायी र आकस्मिक साधनको उपयोग भन्दा दुरुपयोग भइरहेका तथ्यांकले देखाएका छन् ।

कम उमेरमा बच्चा जन्माउनु आमा र बच्चा दुवैका लागि खतरनाक हो यसबाट बच्न परिवार नियोजनका साधन उपयोगि भएपनि यसको दुरुपयोग स्वास्थ्यका लागि थप घातक हुनसक्छ । त्यसतर्फपनि सरकारको ध्यान पुग्न जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);