सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुका कारण ५ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुका कारण ५ को मृत्यु

swine flu

सप्तरी, ३१ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि तीन दिन विद्यालय बन्द गरिएको छ । स्वाइन फ्लु कारण ५ जनाको मृत्यु भएपछि विद्यालयनै वन्द गरिएको हो ।

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुका कारण ५ जनाको मृत्यु भएको छ भने ५ जना भन्दा वढीमा भाइरस देखा परेको छ । कञ्चनरुप नगरपालिकामा १८ जना र हनुमाननगर कंकालिनी नगरपालिकाबाट ६ जनामा गरिएको परीक्षणमा यी भाइरसहरु फेला परेको हो ।

२४ जनाको रगत र र्‍याल परिक्षणका लागि काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वाइन फ्लु र हङकङ फ्लुका उच्च ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्ने लगायतका समस्या देखिएको स्थानीयहरुले बताएका छन् ।

स्वाईन फ्लुले कञ्चनरूप नगरपालिका ४ मा भालसर देवी सरदार र महादेवा गाउँपालिका १ का महफुल आलमका मृत्यु भएपछि कञ्चनरुप तथा हनुमाननगर क्षेत्रमा स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको छ ।

जिल्लामा स्वाइन फ्लुको महामारी फैलिन नदिन स्वास्थ्य टोली पठाएर नियन्त्रणको काम भईरहेको जिल्ला प्रशासन कार्यालयले, सप्तरीले जनाएको छ । अहिले आपतकालिन अवस्था नभएपनि सचेत हुन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

सप्तरीको स्वाइन फ्लु फैलिएपछि आइतवार देखि ३ दिन विद्यालय बन्द गरिएको छ । जिल्लामा महामारी फैलिने सक्ने भन्दै सचेतना अप्नाउन जिल्ला दैविक प्रकोप उद्धार समितीले सर्वसाधरणलाई आग्रह समेत गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);