पूर्वमा स्क्रब टाइफस र स्वाइन फ्लूको प्रकोप, तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

धनकुटा, ६ भदौ । बाढीले ग्रस्त भएको तराईका केही पूवी जिल्लामा ‘स्क्रब टाइफस’ र स्वाईन फ्लु रोगको प्रकोप बढ्न थालेको छ। पूर्वाञ्चलमा अहिलेसम्म स्क्रब टाइफस र स्वाईन फ्लुका कारण तीन जनाको मृत्यु भएको छ। यी रोगले महामारीकै रुप लिन सक्ने भन्दै स्वास्थ्यकर्मीले बेलैमा सचेत रहन प्रशासन र स्थानीय वासीलाई सुझाव दिएका छन्।

 

केही बर्ष अघिबाट नेपालमा देखा परेको ‘स्क्रब टाइफस’ नामक रोगका कारण धनकुटामा यो बर्ष एक बालिकाको मृत्यु भएको छ। त्यस्तै स्वाईन फ्लुले झापामा गत हप्ता दुइ ब्यक्तिको मृत्यु भएको छ। जेठ महिना यता पूर्बमा अन्य १८ ब्यक्तिमा ‘स्क्रब टाइफस’ को संक्रमण देखा परेको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले जनाएको छ।

 

यो रोग बिशेष गरी १५ बर्ष भन्दा मुनिका बालबालिकामा देखा पर्दछ भने मुसासहित संक्रमित सुल्सुले, उपियाँ तथा सुष्म किराको टोकाइ, जुठो र दिशापिसावबाट सर्ने गर्दछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);