डडेल्धुरामा २७ जनामा स्क्रब टाइफसको संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

डडेल्धुरामा २७ जनामा स्क्रब टाइफसको संक्रमण

scrub typhus-dadeldhura

डडेल्धुरा, २२ भदौ । देशका विभिन्न भागमा डेंगु रोगको संक्रमण भईरहेका वेला सुदूरपश्चिमका पहाडी जिल्लामा भने स्क्रब टाइफस रोगको संक्रमण फैलिन थालेको छ ।

पछिल्लो १० दिन यता डडेल्धुरा अस्पतालमा २७ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखापरेको डडेल्धुरा अस्पतालले जनाएको छ । स्क्रव टाईफस रोगको संक्रमण भएका २७ जना बिरामी डडेल्धुरा सहित बझाङ, बैतडी, डोटी, दार्चुलाका रहेको निमित्य मे.सु डा. जितेन्द्र कँडेलले बताउनु भयो ।

स्क्रब टाइफस रोग मुसावाट माइट नामक भुसुनाले मानिसमा सर्ने गरेको छ । स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, मांसपेसी, दुख्ने अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्ने जस्ता लक्षण देखापर्ने चिकित्सक बताउँछन् ।

सरसफाईमा ध्यान नदिँदा यो रोगको संक्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्नेगरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र स्क्रब टाइफसका लक्षण देखा परेमा स्वास्थ्य संस्थामा गई उपचार गराउन पनि चिकित्सकले सुझाव दिएका छन् ।

गत वर्ष असोजको तेस्रो साता पहिलो पटक देखापरेको यो रोगको संक्रमण दुई साता नबित्दै ३३ जनामा देखापरेको थियो । जसबाट वैतडी र डडेलधुरामा गरी २ जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);