निजगढमा भेटियो १५ टन अवैध सुपारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निजगढमा भेटियो १५ टन अवैध सुपारी

supari godam

बारा, २३ भदौ । प्रहरीले बाराबाट १५ टन सुपारी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले १५ टन सुपारी बरामद गरेको हो ।

आइतबार साँझ बाराको निजगढ नगरपालिका–९ स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँचको क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ३७ नम्वरको ट्रकमा अवैध सुपारीसहित ट्रक बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । भन्सार छली गरि ल्याइएको उक्त सुपारी करिव ३१ लाख ३५ हजार ७ सय ५० रुपयाँ बराबर भएको बताइएको छ । सुपारीसहितको ट्रक शनिबार नै आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पथलैया बारामा बुझाईएको बारा प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);