६ लाख रुपैयाँबराबरका सुपारी बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धनुषा, ४ भदौ । धनुषा प्रहरीले ६ लाख रुपैयाँबराबरको १५ बोरा सुपारी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय विष्णुपुरको टोलीले चेकजाँचका क्रममा ज. १ त १२९९ नम्बरको पिक अप भ्यानमा सुपारी फेला पारेको हो । बरामद भएको सुपारीको अनुसन्धानका लागि पिक अप भ्यानसहित राजस्व कार्यालय इटहरी पठाइएको प्रहरी नायब निरीक्षक शिवनारायण यादवले जानकारी दिनुभयो ।

पछिल्लो समय सिरहाबाट जनकपुर हुँदै भारततर्फ सुपारी तस्करी बढेको प्रहरीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);